सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संसारका हरेक देश र शहरमा फरक फरक भाषाहरु बोलिन्छन। तर के तपाईलाई थाहा छ कि सवै गरेर कुल कति भाषाहरु बोल्ने गरिन्छ। यस प्रश्नको उत्तर प्रमाणिरुपमा कसैसँग पनि छैन तर यूएन (संयूक्त राष्ट्र) को भाषा सूचीअनुसार संसारभर बोलिने संख्या ६८०९ रहेको छ। आज हामी यस लेखमा भने सवैभन्दा बढि बोलीने १० भाषाको बारेमा चर्चा गर्दछौ।
१.चाईनिजः
सवैले यहि सोच्ने गर्दछन कि अंग्रजी भाषा पूरै विश्वभर बोल्ने गरिन्छ त्यसैले सबैभन्दा बढि बोलिन्छ होला तर यो सबै ब्यक्तिमा भएको भ्रम मात्र हो। बास्तविकता यो हो कि अंग्रेजी बोल्ने हरुको संख्या चीनको मातृभाषा बोल्नेको संख्या भन्दा धेरै नै कम छ। कूल तथ्याङ्क लाई आधार मान्ने हो भने चीनीया भाषा बोल्नेको संख्या एक अर्ब भन्दा बढि छ।
२.अंग्रेजी भाषा
अंग्रेजी त्यो भाषा हो जुन सबैभन्दा प्रशिद्ध छ र मुख्यरुपमा अमेरिका, अस्ट्रेलिया र बेलायतमा बोल्नेहरुको संख्या लगभग ५०८ मिलियन अथात ५१ करोड रहेको छ। अंग्रजी भाषा संसारमा दोस्रो धेरै बोलीने भाषा हो। संसारका धेरैजसो देशहरुलाई अंग्रेजीलाई अफिसियल भाषाको रुपमा संविधानमा सूचिकृत गरेका छन भने त्यसैगरी अन्तराष्टिय सम्पर्क भाषाको माध्यम पनि बनाएका छन।
३.हिन्दीः
संसारमा धेरै बोलीने भाषाहरु मध्य हिन्दी तेस्रो भाषा हो। संसारभर हिन्दी भाषालाई करिव ८० करोडले बुझ्न सक्कछन। भारतमा मात्रै करिव ४५ करोड ब्यक्तिहरुले हिन्दी भाषा बोल्ने
गर्दछन। हिन्दी भाषा भारत लगायत पास्तिान, बंगलादेश तथा अरबीयन देशहरुमा धेरैले बोल्ने गर्दछन।
४. स्पेनिशः
अंग्रेजी भाषा जस्तै स्पेनिश पनि धेरै देशहरुमा बोल्ने गरिन्छ। स्पेनिश बोल्नेहरुको संख्या संसारभर ४० करोडको हाराहारीमा रहेको छ। स्पेन, चीली, अर्जेटिजना, पनामा, बोलीविया, पाराग्वे, पेरु, कोस्टारिका, मेक्सिको, क्यूबा, उरुग्वे, एल सेल्वाडोर तथा भेनेजुएलामा स्पेनिश भाषा राष्ट्रभाषाको रुपमा बोल्ने गरिन्छ।
५. रुसी भाषाः
रुसी भाषा पूर्वी स्लाविक भाषाहरु मध्य सर्वाधिेक बोलीने भाषा हो। रुस क्षेत्रफलको हिसाबले संसारकै ठूलो देश हो, जसको कूल जनसंख्या १४ करोड ३० लाख छ। रुसी भाषा यूरोप
को एक प्रमुख भाषा पनि हो त्यसैले विश्वका प्रमुख भाषाहरु मध्य रुसीभाषा पनि अग्रस्थानमा छ। रुसीभाषा बोल्नेको संख्या करिव २० करोडको हाराहारीमा छ।
६. अरबी भाषाः
अरबी भाषा, सामी भाषा परिवार को एक भाषा हो। यो भाषा इब्रानी भाषा सँग सम्बन्धीत छ। अरबी भाषा, अरबी इस्लाम धर्मको बोली हो, कुरान ए शरीफ अरबी भाषामा लेखिएको छ। साउदी अरब, कतार, कुबैत, ओमान, यमन, बहरायीन, सीरिया, जोर्डन, लेबनान, इराक आदि देशहरुमा अरबी भाषा मुख्यछ। रुपमा बोल्ने गरिन्छ। अरबी भाषा बोल्नेहरुको संख्या संसारभर २५ करोडको हाराहारीमा छन।
७. बंगाली भाषाः
बंगाली भाषा बिशेषतः बंगलादेश, भारतको पश्चिम बंगला, उत्तर पूर्वी भारतको त्रिपुरा तथा आसम राज्यको केहि प्रान्तमा बोलीने एक प्रमुख भाषा हो। बंगाली भाषा बोल्नेहरुको संख्या करिव २१ करोड रहेको छ।
८. पुर्तगिज भाषाः
पुर्तगाली भाषा बोल्ने को संख्या संसारभर करिव १९ करोड रहेको छ। मुख्यतयाः यो भाषा अंगोला, ब्राजील, भेनेजुयला, मोजाम्बीक आदि स्थानमा बोलिने गन्छि।
९. मलाया इंडोनेशियन भाषाः
भारतको दक्षिण पूर्वी एसियाली देशहरुमा यो भाषा बोल्ने गरिन्छ। यो भाषा मुख्यतः सिंगापुर, मलेसिया, इंडोनेशिया, र ब्रुनाई मा बोलीन्छ।
१०. फ्रेंच भाषाः
फ्रेच भाषा विश्वभर करिव ९ करोड ब्यक्तिहरुले बोल्ने गर्दछन। यो भाषा क्यानडा, बेल्जियम, स्विट्जरल्याण्ड, अफीकी फें्रकोफोन, लक्जम्बर्ग, मोनाका लगायत करिव ५४ देशहरुमा बोलिन्छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा