सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३१ । साताको बिहीबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । बुधबारबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि मूल्यमा गिरावट आउँदा सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्य पन्ध्र रुपैयाँले घटेको छ । बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७३० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा