सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
क्रोएशियाका कप्तान लुका मोडरिचले फिफा विश्वकप २०१८ को गोल्डन बल हात पारेका छन् । गोल्डन बल टुर्नामेन्टमा सर्बश्रेष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ ।
गोल्डन बलको लागी क्रोएशियाका कप्तान लुका मड्रिक, फ्रान्सका कायलिन एमबाप्पे, बेल्जियमका केविन डि ब्रुइन र इडेन हेजार्ड रेसमा थिए । अन्तमा क्रोएशियाका लुका मोडरिचले गोल्डन बल प्राप्त गरेका छन् ।
मोडरिचले टुर्नामेन्टको सात म्याचमा तीन गोल गरेका थिए । १९९४ पछि कहिलेपनि विश्व विजेत बन्ने टिमको खेलाडीले यो शिर्षक जितेको छैन । १९९४ मा ब्राजीलका रोमारियो ले यो उपलब्धि हासिल गरेका थिए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा