सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ अन्तर्गत तेस्रो स्थानमो लागी भएको खेलमा इङ्गल्याण्ड लाई २–० ले पराजित गर्दे बेल्जियमले विश्वकप इतिहासमा आफनो सर्वश्रेष्ठ स्थान हासिल गरेको छ । शनिवार पीटसबर्ग स्टेडियममा खेलीएको यो प्रतियोगीतामा रेड डेविल्स को नामबाट चिनिने बेल्जियमको लागी थमस म्युनियर र एडेन हेजार्डले एक एक गोल गरे ।
जितसँगै बेल्जियमलाई ब्रोन्ज मेडल मिल्यो जबकी इङ्गल्याण्ड को टिमलाई निराश हुन पर्यो र उसले चौथो स्थानमा रहेर नै चित्त बुझाउदै टुर्नामेन्टलाई समाप्त गर्न पर्यो ।
बेल्जियमले खेलको ४ औ मिनेटमै शुरुवाती अग्रता लिएको थियो उसको लागी थोमस म्युनियरले शानदार गोल गर्दे स्कोर १–० बनाए । यो गोलको लागी बेल्जियमका कैयौ खेलाडीहरुले महत्वपुर्ण भुमिका निर्वाह गरे ।
यो खेलसँगै बेल्जियमका रोमेलु लुकाकू गोल्डन बुटको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनलाई खेलको ६० औ मिनेटमा मैदानबाट बाहिर बोलाइयो । उनले फिफा विश्वकप २०१८ मा चार गोल गरेका छन् ।
म्याचमा सबैभन्दा बढि प्रभाव बेल्जियमका डिफेन्डर एल्डरवेराल्डले राखे । उनले म्याचको ६९ औ मिनेटमा इङ्गल्याण्ड का एरिक डायरको शानदार गोल रोके । इङ्गल्याण्ड लाई गोल स्कोर बराबरी गर्ने यो भन्दा पनि सजिलो मौका मिल्न सक्दैनथ्यो ।
खेलको ८२ औ मिनेटमा फिल जोसले राम्रो कटिङ पास खेले र फेरी इङ्गल्याण्ड गोलकिपरलाई राम्रो गोल गरे र रेड डेविल्सको जीतलाई दुई गुणा बढाए । हेजार्ड पछिल्लो २५ म्याचमा २५ गोलमा समावेश भए । उनले उनले यो दौरान १२ गोल गरे भने १३ गोलमा सहायकको भुमिका निभाए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा