सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
४० लाख जनसंख्या भएको क्रोएशियाले बुधबार फिफा विश्वकप २०१८ को दोस्रो सेमीफाइनलमा शिर्षकको प्रवल दावेदार इङ्गल्याण्ड लाई २–१ ले पराजित गर्दे पहिलोपटक फाइनलमा प्रवेश गरेको छ । अब आइतबार क्रोएशियाको फाइनलमा प्रतिस्पर्धा फ्रान्ससँग हुनेछ, जसले पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएको थियो । क्रोएशियाको जितमा फ्यानहरु खुशीले पागल भएका छन् ।
क्रोएशियाली दर्शकहरुले जागरेबको विचमा सेमिफाइनल म्याचका आनन्द लिए र जीतको जबरदस्त खुशीयाली मनाए । फ्यानहरुले आतिशवाजी गरे र देशको झण्डा फहराउदै जीतको खुशीयाली मनाए ।
क्रोएशियाको एक फ्यानले भने कसैले पनि हामीले जित्छौ भनेर आशा गरेका थिएनन् । अंग्रेजी मिडियाले पुरै हप्ता हामीहरुलाई मजाक बनायो र हामीहरुसँग जित्ने सम्भावना छैन भन्दै हल्ला गर्यो । तर हाम्रो खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दे उनीहरुको मुखमा ताला लगाइदिएका छन् ।
क्रोएशियाका अर्का दर्शकले यो जितसँग हामीहरुले गर्व महशुस गरेको बताए । उनले भने पछिल्लो पटक हामीहरुले युद्ध र स्वतन्त्रतापछि १९९८ मा सेमिफाइनलमा प्रवेश गरेका थियौ । यो सानो देशको लागी निकै महत्वपुर्ण हो ।
क्रोएशियाको राष्ट्रपति कोलिंडा गर्बर कित्रोविचले ब्रिटीश प्रधानमन्त्रि थेरेसा मईलाई क्रोएशियाको जर्सी भेट स्वरुप प्रदान गरेकी थिइन ।
जीतसँग क्रोएशियाको खेलाडीहरुलाई राष्ट्रिय हिरोको रुपमा हेरिएको छ ।
क्रोएशियाका मारियो म्याडजुकिचले एक्स्ट्रा समयमा गोल गर्दे टिमलाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याएका हुन् । उनले १०९ मिनेटमा गोल गरे । यो भन्दा पहिला फुलटाइमसम्म क्रोएशिया र इङ्गल्याण्ड को स्कोर १–१ ले बराबरी थियो । इङ्गल्याण्ड को ट्रिपियरले पहिलो गोल गरेका थिए । फेरी ६८ औ मिनेटमा क्रोएशियाली स्ट्राइकर इवान पेरिसिचले गोल गर्दे स्कोर बराबरी गरेका थिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा