सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
क्रोएशियाको पहिलो महिला राष्ट्रपति कोलिंडा ग्रेबर कित्रोसविक भिआईपी भएर पनि सर्वसाधरण जस्तै गरेर आफनो जिवन विताउन चाहन्छिन । विश्वकपमा आफनो टिमलाई समर्थन दिनको लागी जागारेब देखी सोचीसम्म प्लेनको इकोनोमि क्लासमा आइन जबकी कैयौ चार्टर प्लेनको पनि ब्यवस्था गर्न सकिन्थ्यो । यो मात्र होइन कि हवाई यात्राको दौरान उनी आम सर्वसाधरण यात्रीहरुसँग घुलमिल मात्र भइनन् उनले यात्रीहरुसँग सेल्फि पनि खिचाइन ।
क्वार्टर फाइनलमा क्रोएशिया आयोजक रुससँग प्रतिस्पर्धामा थियो । कोलिडा विशेषगरी यही म्याच हेर्नको लागी रुस आएकी थिइन । उनले उक्त समय हौसला प्रदान गर्न टिमको जर्सि पनि लगाएकी थिइन भने भिभिआईपी बक्सको ठाउँमा सर्वसाधरण दर्शक बस्ने ठाउँमा बसेर म्याच हेर्दे खेलाडीहरुलाई हौसला बढाइन ।
जुन घरेलु स्टेडियममा ७५ हजार दर्शकहरुले रुसलाई समर्थन गरीरहेका थिए । क्रोएशियाले आयोजक टिम रुसलाई पेनाल्टि शुटआउटमा पराजित गर्दे सेमिफाइनलमा पुग्न सफल भएको थियो ।
जितपछि क्रोएशियाली राष्ट्रपति खेलाडीहरुको ड्रेसिङ रुममा गईन । उनीहरुलाई अगाल्लो हाल्दै बधाई पनि दिइन । खेलाडीहरुलाई फाइनलमा पुग्न शुभकामना दिइन र खेलाडीहरुले पनि फाइनलमा पुग्ने मात्र नभएर विश्वकप जित्न कोशिश गर्ने समेत बताए । राष्ट्रपतिले भनिन म यो भन्न चाहन्थे कि म हरेक क्रोएशियाली फुटबल प्रेमी जस्तै म पनि आफनो टिमलाई धेरै माया गर्दछु ।
आयोजक राष्ट्रले पाहुना भिभिआईपी तथा राष्ट्रपतिलाई स्टेडियम बक्समा ठाउँ नबनाउने त कुरै थिएन तर यो राष्ट्रपति कोलिडाको आफनै माग थियो कि आफु पनि आम दर्शकसँग बसेर म्याच हेर्ने । उनको अनुसार भिभिआईपी बक्सको आफनै प्रोटोकल हुन्छ जहाँ मैले लामो गाउन लगाउन पर्थो फेरी मैले आफनो टिमको जर्सी कसरी लगाउथे र गोल हान्दा खुशीले उर्फर्न सक्थिन जसरी आम दर्शक दिर्घामा गर्न पाइन्छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा