सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बेल्जियमले शुक्रबार पाँच पटक विश्वकप च्याम्पियन ब्राजीललाई हराउदै फीफा विश्वकप २०१८ को सेमीफाइनलमा आफनो स्थान पक्का गरेको छ । कजान एरीना स्टेडियममा खेलीएको क्वार्टरफाइनल प्रतिस्पर्धामा बेल्जियमले ब्राजीललाई २–१ ले हराएको हो ।
यसको साथै पाँच पटक विश्व विजेता ब्राजीलको फिफा विश्वकप २०१८ को यात्रा यही समाप्त भएको छ । जबकी बेल्जियम ३२ बर्षपछि सेमिफाइनलमा ठाउँ बनाउन सकेको हो । यो भन्दा पहिला १९८६ मा क्वार्टरफाइनलसम्म को यात्रा तय गरेको थियो, तर तत्कालीन म्याराडोनाको टिमसँग ०–२ ले हारसँग उसको यात्रा समाप्त भएको थियो ।
ब्राजीलको आत्मघाति गोल फर्नाडीन्हो ले १३ औ मिनेटमा गोल गरे जबकी ३१ औ मिनेटमा केविन डी ब्रुइनले शानदार गोल ठोके र बेल्जियमलाई २–० को अग्रता मिल्यो । यता, ब्राजीलको तर्फबाट अगस्टो ले ७६ औ मिनेटमा गोल गर्दे खेल अन्तर १–२ मा ल्याए ।
अब सेमीफाइनलमा बेल्जियमको प्रतिस्पर्धा फ्रान्ससँग हुनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा