सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फ्रान्सले अर्जेन्टिलाई ४–३ ले पराजित गरेको छ । हारसँगै नकआउट चरणबाट बाहिरिने पहिलो टिम बनेको छ अर्जेन्टिना । जितसँगै फिफा विश्वकप २०१८ मा फ्रान्स क्वार्टरफाइनलमा प्रबेश गर्ने पहिलो टिम पनि बनेको छ ।
शनिवार खेलिएको यो प्रतिस्पर्धामा फ्रान्सले फिफा को इतिहास बदलिदिएको छ , यो पहिलो हो जब अर्जेन्टिनालाई हराउन फ्रान्स सफल भएको ।
विश्वकपको शुरुवात भनदा पहिला अर्जेन्टिना र फ्रान्सलाई विश्वकप विजेताको दावेदारको रुपमा मानिएको थियो । यो हारसँगै मेसीको आफनो टिमलाई विश्व विजेता बनाउने सपना पनि चकनाचुर भएको छ । नकआउट चरणको यो पहिलो खेल निकै उतार चढावपुर्ण रह्यो । कहिले फ्रान्स अघि हुन्छ त कहिले अर्जेन्टिना अगाडि हुन्छ त कहिले दुबै टिमको स्कोर बराबरीमा गएर अड्किन्छ ।
फ्रान्सको लागी आज टिनएज खेलाडी म्बाप्पे नायक बन्दै उभिए । उनले न केबल २ महत्वपुर्ण गोल गरे उनले फ्रान्सको लागी एउटा पेनाल्टि पनि बनाए जसलाई ग्रिजम्यानले जाली चुमाए ।
#FRA WIN! #FRAARG // #WorldCup pic.twitter.com/zejq1TCOxw
— FIFA World Cup 🏆 (@FIFAWorldCup) June 30, 2018
दुई पटकको विश्वकप च्याम्पियन टिम अर्जेन्टिना लाई फिफा विश्वकपको नकआउट राउण्डको पहिलो प्रतिस्पर्धामा फ्रान्सको हातबाट ३–४ को हार ब्यहोनु पर्यो । म्याचको पहिलो गोल १३ औ मिनेटमा पाएको पेनाल्टि मार्फत प्राप्त भयो । फ्रान्सको ग्रिजम्यान ले यो मौकाको फाइदा उठाउदै युरोपियन टिमलाई १–० को बढिले जिताए । पछिल्लो पटकको रनर अप टिम अर्जेन्टिनाले फेरी खेल रफतार बढाउदै ४१ औ मिनेटमा बराबरी गरे । यो गोल एंजल डि मारियाले गरेका थिए ।
हाफ टाइम सम्म स्कोर १–१ ले बराबरी रह्यो तर हाफ टाइम सकिएको ३ मिनेटमै अर्जेन्टिनाको लागी मेसीले कमाल गरे , उनले शानदार बल बनाए, जसलाई मेकार्डले गोलमा परिणत गर्दे खेललाई बढता दिलाए । तर त्यसको ९ औ मिनेटमै फ्रान्सले स्कोर बराबरी गरे । बेंजामिन पवार्डले ५७ औ मिनेटमा गोल गरे ।
म्बापेले फेरी आफनो प्रतिभा देखाए र ६४ औ मिनेटमा शानदार गोल गर्दे फ्रान्सलाई ३–२ ले अगाडि लगे । ४ मिनेट पछि आपनो दोस्रो गोल तथा टिमको लागी ४ औ गोल गर्दे फा्रन्सलाई ४–२ ले अगाडि बढाए । यद्यपी, एगुएरोले एक्ट्रा समयमा गोल गर्दे हारको अन्तर केही कम गरे तर अन्तमा ४–३ को जित फ्रान्सलाई मिल्यो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा