सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डिएगो म्याराडोनाले आफनो मुत्युको अफवाह फैलाउने मानिसको पहिचान गर्नेलाई पुरस्कार दिने घोषणा गरेका छन् ।
म्याराडोनाका वकीलले बताए अनुसार अर्जेन्टिनाका स्टार फुटबलर डिएगो म्याराडोनाले मुत्युको हल्ला फैलाउने ब्यक्तिको पहिचान गर्नेलाई १०,००० डलरको इनाम दिने घोषणा गरेका छन् । जसमा भनिएको थियो कि “नाइजेरिया विरुद्ध अर्जेन्टिनाको विश्वकपको म्याच पछि म्याराडोनाको मुत्यु भयो “।
उक्त अफवाह वाट्सएप म्यासेजद्धारा फैलिएको थियो, जसमा अर्जेन्टिनाको लजमा एउटा ब्यक्तिले भनिरहेको थियो कि “यी ५७ बर्षिय स्टार लाई अस्पताल भर्ना गरीयो र हर्ट अट्याकद्धारा उनको मुत्यु भयो” ।
म्याराडोनाको वकिल माटियास मोरलाले रुसबाट अर्जेन्टिनाको दैनिक अखवार ‘क्लेरिन’ सँग भने “मैले त्यो ब्यक्तिलाई ३,००,००० पेसोस (करिब १०,००० डलर) को पुरस्कार दिने फैसलालाई सार्वजनिक गर्नको लागी निर्देशन दिएको छु , जसले यो अडियो म्यासेज गर्ने ब्यक्तिको बारेमा सही सुचना दिनेछ” ।
म्याराडोना म्याचको अन्तिमसम्ममा विरामी देखिएका थिए भने उनलाई सहयोगीहरुको सहयोगमा सीटबाट लगीएको थियो । मोरलाका अनुसार म्याराडोनालाई उच्च रक्तचाप सम्बन्धि समस्या भएको थियो ।
यद्यपी, मुत्युको खबर आए पश्चात म्याराडोनाले आफु सकुशल रहेको जानकारी आफनो इंस्टाग्राबाट दिएका थिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा