सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ मा आइतबार खेलिएको तेस्रो प्रतिस्पर्धामा कोलंबियाले पोल्याण्डलाई ३–० ले पराजित गर्दे गु्रप एचमा आफनो सम्भावना कायम राखेको छ । टिमले दुई म्याचबाट ३ अंक प्राप्त गरेको छ । अब उसले आउदो २८ जुनमा सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ जसले उ अन्तिम १६ मा पुग्ने बाटो तय गर्नेछ । यता, पोल्याण्ड यो हारसँगै विश्वकपको यात्रा समाप्त भएको छ ।
पहिलो म्याचमा जापानसँग मिलेको हारको बदला लिन मैदानमा उत्रिएको कोलंबियाको लागी येरी मिनाले ४० औ मिनेटमा गोल गर्दे शुरुवाती अग्रता दिलाए । उनले जेम्सको पासमा गोल गरेका थिए । ७० औ मिनेटमा रादेमेल फाल्कोले कोलंबियाको लागी विश्वकपमा गोल गर्ने पुरानो सपना पुरा गरेका छन् । खेलको ७५ औ मिनेटमा जुआन कुआडराडोले टिमको लागी तेस्रो गोल गर्दे पोल्याण्ड माथि ३–० को शानदार जित दर्ता गराए ।
कुआडराडोले लगातार यो विश्वकपमा गोल गरेका छन् पछिल्लो जापान विरुद्धको म्याचमा पनि उनले गोल गरेका थिए ।
पहिलो म्याचमा सेनेगलसँग हारेको पोल्याण्ड अब अन्तिम १६ मा पुग्ने सम्भावना लगभग सकिएको छ । हिजै भएको जापान र सेनेगलले २–२ को बराबरी खेलेको म्याचबाट कोलंयिबा अर्को चरणमा प्रवेश गर्ने सम्भावना अझ बलियो भएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा