सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इङ्गल्याण्डले पनामालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । उसको लागी ह्यारी केनले ह्याट्रिक गरे भने अनमाक्र्ड जोन स्टोंसले दुई गोल र जेसी लिंगार्डले एकमात्र गोल गरे ।
पनामाको लागी भने खेलको ७८ औ मिनेटमा फेलिप बलॉयले एकमात्र गोल गरे । यो गोल सँगै उनी फिफा विश्कप २०१८ मा आफनो देशको लागी पहिलो गोल गर्ने खेलाडी बनेका छन् ।
इङ्गल्याण्ड को लागी ह्यारी केनले ह्याट्रिक गरेका छन् । यो सँगै केन यस विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा आफनो नाम दर्ता गराएका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पछि उनी यो विश्वकपमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी पनि बनेका छन् । साथ साथै उनी इङ्गल्याण्ड फुटबल ईतिहासको तेस्रो खेलाडी पनि बनेका छन् जसले फिफा विश्वकपमा ह्याट्रिक गरे ।
निझनी नोवोग्रोड स्टेडियममा भईरहेको यो प्रतिस्पर्धालाई जित्नको लागी दुबै टिम दबाबमा थिए । खेलको ७ औ मिनेटमा इङ्गल्याण्ड को लागी अनमाक्र्ड जोन स्टोंसले कर्नर किकमा हेडरबाट गोल गर्दे टिमलाई शुरुवात अग्रता दिलाए । भने इङ्गल्याण्ड को लागी दोस्रो गोल पनामाको डि बक्समा इङ्गल्याण्ड खेलाडी जेसी लिंगार्डलाई लडाइयो । र रेफ्रीले पेनाल्टी दिए जसलाई क्पाप्टेन ह्यारी केनले जाली चुमाए ।
खेलको ३६ औ मिनेटमा जेसी लिंगार्डले इङ्गल्याण्ड को लागी तेस्रो गोल गरे भने चौथो गोल ४० औ मिनेटमा स्टोंसले यो खेलमा ब्यक्तिगत दोस्रो तथा टिमको लागी चौथो गोल ।
इङ्गल्याण्ड लाई यो म्याचमा दोस्रो पेनाल्टी मिल्यो जसलाई इङ्गल्याण्ड का कप्तान ह्यारी केनले सजिलै गोलमा परिणत गरे जुन पेनाल्टि यो विश्वकपको १६ औ पेनाल्टि पनि हो ।
यो जितसँगै इङ्गल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको छ भने पनामाको विश्वकप यात्रा हारसँग यही सकिएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा