सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बेल्जियमले शनिवार फिफा विश्वकपको गु्रप जी को दोस्रो प्रतिस्पर्धामा ट्युनिशियालाई ५–० ले पराजित गरेको छ । बेल्जियमको लागी ईडन हेजार्ड र रोमेलु लुकाकुले दुई–दुई गोल गरेका छन् भने एक गोल मिचि बे्रतशुआइले गरेका छन् । बेल्जियम ग्रुप स्तरमा छ अंकसँगै सबैभन्दा माथि छ , यतो दुबै खेलमा हार ब्यहोरेको ट्युनिशिया भने लगभग विश्वकपबाट बाहिर भएको छ ।
शनिवार स्पार्टक स्टेडियममा खेलिएको यो प्रतिस्पर्धामा बेल्जियम आज धेरै राम्रो फर्ममा मैदानमा उत्रियो । खेलको पाचौ मिनेटमै बेल्जियमले पेनाल्टि पायो र त्यसलाई कप्तान ईडन हेजार्डले गोलमा परिणत गर्दे टिमको लागी गोलको खाता खोले ।
यसपछि १६ औ मिनेटमा लुकाकू ले टिमको लागी गोल गर्दे खेल २–० मा पुर्याए । रोमेलू लुकाकूको यो यस विश्वकपमा तेस्रो गोल हो । तर दुई मिनेटमै ट्युनिशियाका कप्तान खजरीले फ्रि किक लिए जसलाई डायलन ब्रानले गोल गर्दे आफनो टिमलाई प्रतिस्पर्धामा पुर्याए । यसपछि रोमेलू लुकाकू ले पहिलो हाफको अन्तिम चरणमा बेल्जियमको लागी तेस्रो गोल गरे ।
दोस्रो हाफमा पनि बेल्जियमले आफनो दबदबा बनाएर राखे । ५० औ मिनेटमा कप्तान हेजार्डले पाएको अवसरलाई सिधै ट्युनिशियाको गोल पोस्ट सम्म पुर्याए र टिमलाई ४–१ ले अगाडि बढाए । बेल्जियमा रोमेलू लुकालूले यो विश्वकपमा सर्वाधिक गोल गर्दे क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । दुबै जनाको नाममा चार चार गोल छ ।
९० औ मिनेटमा बेल्जियमले पाँचौ गोल गरे । यो गोल सब्सिटयुट मिचि बेतशुआई ले गरे । यद्यपी, गालको बर्षा भए पनि ट्युनिशियाले हिम्मत हारेनन् । खजरीले अन्तिम ९०ं+ ३ मिनेटमा ट्युनिशियाको लागी दोस्रो गोल गरे । यसप्रकार फाइनल टाइमपछि स्कोर ५–२ ले बेल्जियमको पक्षमा पर्यो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा