सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ मा विहिवार भएको तेस्रो खेलमा क्रोएशियाले अर्जेन्टिनालाई ३–० ले नराम्रोसँग पराजित गरेको छ । ग्रुप डि अन्तर्गत खेलिएको खेलमा क्रोएशियाको लागी एंटे रेबिच ले ५३ औ मिनेट, कप्तान लुका मोड्रिचले ८० औ मिनेटमा र इवान राकिटिकले थपिएको १ मिनेटमै शानदार गोल गरेका छन् । यो जितसँगै क्रोएशियाले अन्तिम १६ मा आफनो स्थान पक्का गरेको छ भने लजास्पद हार ब्यहोरेको अर्जेन्टिनाको लागी भने अगाडीको बाटो धेरै मुश्किल बनेको छ । क्रोएशियाले पहिलो पटक दक्षिक अफ्रिकन टिमलाई हराएको हो ।
ग्रुप डि अन्तर्गत खेलिएको यो प्रतिस्पर्धामा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीमा फ्यानहरुले धेरै आशा गरेका थिए तर उनले सबैलाई निराश पारे । यद्यपी, उनले यो खेलमा धेरै पटक गोल गर्ने कोशिस गरे तर उनी गोल गर्न भने असफल भए । यो भन्दा पहिलाको खेलमा पनि मेसीले खासै राम्रो खेल भने खेल्न सकेका थिएनन भने उनको सर्बत्र आलोचना र मजाक उडाइएको थियो ।
पछिल्लो म्याचमा उनले पेनाल्टीबाट गोल गर्न चुकेका थिए, जसमा अर्जेन्टिनाले आइसल्याण्डसँग १–१ को बराबरी खेलेको थियो । समग्रमा भन्नु पर्दा मेसीको यो विश्वकपको शुरुवात खासै राम्रो हुन सकेन । यता कोएशिया खेलको शुरुवात देखिनै आक्रमक बन्यो उसले पहिलो म्याचमा नाइजेरियालाई २–० गोलले पराजित गरेको थियो । दुबै खेल जितेको कोएशिया अन्तिम १६ मा पुृगेको छ भने अर्जेन्टिनाले आफनो तेस्रो खेल जुन २५ मा नाइजेरियासँग खेल्नेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा