सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ मा सोमबार ग्रुप जीको प्रतिस्पर्धामा बेल्जियमले आफनो पहिलो विश्वकप खेलमा पनामालाई ३–० ले पराजित गरेको छ । बेल्जियमको यो जीतको लागी उसको स्टार खेलाडी रोमालु लुकाकु महत्वपुर्ण भुमिका निभाए । म्यानचेष्टर युनाईटेडको तर्फबाट खेल्ने यी खेलाडीले २ उत्कृष्ट गोल गरे ।
पुरै खेलमा बेल्जियमले पनामालाई दबाबमा राख्न सफल भए पनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । तर दोसो हाफमा बेल्जियमले आफनो अनुभवको पुरा फाइदा उठाउदै ३ गोल हाने र प्रतिस्पर्धालाई आफनो नाममा पारे । मर्टेसले ४७ औ मिनेटमा पहिलो गोल ६९ औ र ७५ औ मिनेटमा दोस्रो र तेस्रो गोल गरे । आजको खेलमा रोमाञ्चक कुरा के रह्यो भने यो खेलमा ७ वटा एल्लो कार्ड देखाइयो ।
फिफा र्याङकिङमा तेस्रो स्थानमा रहेको बेल्जियमको टिम सोमबार फुटबल विश्वकपको ग्रुप जी मा पनामा विरुद्ध मैदानमा उत्रेको हो । गु्रप जी मा रहेको यी दुबै टिमको फिफा २०१८ को यो पहिलो प्रतिस्पर्धा हो । जसलाई दुबै टिमले जीत्न चाहन्थे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा