सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फीफा विश्वकपमा ग्रुप–डी को प्रतिस्पर्धामा अर्जेन्टिना र आइसल्याण्डले १–१ को बराबरी खेलेका छन् ।
दुई पटक विश्वकप च्याम्पियन बनिसकेको अर्जेन्टिनाले पहिलो पटक फिफा विश्वकप खेलीरहेको आइसल्याण्डलाई हराउन खासै गाह्रो हुनेछैन तर म्याच आर्चयजनक रुपमा १–१ ले ड्र भएको छ ।
लुझनिकी स्टेडियममा अर्जेन्टिना पुर्ण रुपमा स्टार खेलाडी लियोनल मेसीको भरमा टिकेको थियो । र मेसीले निराश गर्दे ६२ मिनेटमा पाएको पेनाल्टीलाई जाली चुमाउन सकेनन् । यही नै म्याचको टर्निङ प्वाइन्ट सावित भयो । आइसल्याण्डको दमदार डिफेन्डर र उसको गोलकिपर ह्यान्स पर हेल्डरसनको जबरदस्त प्रदर्शनको मद्यतले आयरल्याण्डले आफनो विश्वकपको पहिलो म्याचमै सबैलाई चकित पारेको छ ।
संम्भव आफनो अन्तिम विश्वकप खेलीरहेका मेसी पेनाल्टीसहित कैयौ गोल गर्नबाट चुके । पुरै म्याचमा उनले १० वटा प्रहार गरे जसमा ३ वटा मात्र निशानामा लाग्यो । अर्जेन्टिनाको लागी पहिलो गोल सर्गियो अगुएरोको नाममा रहयो । उन ले पहिलो हाफको १९ औ मिनेटमा आइसल्याण्डको डिफेण्डरलाइृ छक्काउदै जाली चुमाए ।
यद्यपी, पछिल्लो विश्वकपको रनरअप टिमको खुशीयाली धेरै बेर टिक्न सकेन । ४ मिनेटको अन्तरमा नै आइसल्याण्डले गोल फर्काउदै खेललाई १–१ को बराबरीमा पुर्याए । खेलको २२ औ मिनेटमा गिल्फी सिगर्डसनले ६ गजबाट बललाई अर्जेन्टिनाको गोल पोस्टमा जाली चुमाए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा