सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ को चौथो हाई भोल्टेज प्रतिस्पर्धा ३–३ को बराबरीमा सकिएको छ । पोचुर्गलको तर्फबाट क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । खेलको शुरुवातको चौथो मिनेटमा नै एक पेनाल्टी पायो जसमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले शानदार गोल गर्दे आफनो टिमलाई १–० को शुरुवाती अग्रता दिलाए ।
यसको अलवा रोनाल्डोले ४४ औ र ८८ औ मिनेट मा दोस्रो र तेस्रो गोल गरे । यता स्पेन टिम ८८ औ मिनेटसम्म ३–२ ले अगाडी थिए तर गेरार्ड पीकेको गल्तीले पोर्चुगललाई फ्रि किक मिल्यो जसलाई रोनाल्डोले जाली चुमाउदै म्याचलाई ड्र मा ल्याए ।
यता, स्पेनको तर्फबाट पहिलो गोल डिएगो कोस्टाले २४ औ मिनेटमा गरे । कोस्टाको उत्कृष्ट गोलले स्पेनले १–१ को बराबरीमा गर्यो । यसको साथै स्पेनको तर्फबाट एक पटक फेरी कोस्टाले आफनो दोस्रो गोल ५५ औ मिनेटमा गरे । भने दोस्रो गोल हानेको ३ मिनेटमा नै नाचोले शानदार गोल गर्दे पोर्चुगललाई ३–१ ले पछि पार्यो ।
यसपछि पोर्चुगललाई खेल बराबरी गर्न निके गाह्रो भयो भने एकपटक फेरी पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले आफनो जादु देखाए ८८ औ मिनेटमा गोल गर्दे खेल ३–३ को बराबरीमा ल्याए ।
रोनाल्डोको यो ह्याट्रिकसँगै उनी फिफा विश्वकप २०१८ मा पहिलो ह्याट्रिक गर्ने खेलाडीको नाममा समेत खाता खोलाएका छन् ।
रोनाल्डोको यो ह्याट्रिकसँगआफनो करियरमा ५१ औ ह्याट्रिक पुरा गरेका छन् भने उल्लेखनिय कुरा यो छ कि विश्वकपको ईतिहासको पनि यो ५१ औ ह्याट्रिक हो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा