सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१७ बर्षको उमेर र साधारण देखिने पेलेको उदय १९५८ विश्वकपमा त्यस समय भएको थियो जुन बेला नत ब्राजीलको नत उनको नाम फुटबलको दुनियाले चिन्थ्यो ।
स्वीडेनमा खेलीएको खेलमा उसैको मैदानमा उसैलाई हराउदै पहिलो पटक ब्राजील च्याम्पियन बन्नु कुनै सपना सत्यतामा बदल्नु सरह थियो । १६ टिमको यस प्रतिस्पर्धामा ब्राजीले फ्रान्स र स्विडेनलाई ५–२ ले हराउदै पहिलो पटक विश्व च्याम्पियन बन्ने गौरब हासिल गर्यो ।
रोचक कुरा के थियो भने सेमिफाइनल र फाइनल दुबैमा ब्राजीलले ५–२ को अन्तरबाटै हराएको थियो । फ्रान्स तेस्रो, जबकी वेस्ट जर्मनीले चौथो स्थान हासिल गरेको थियो ।
फ्रान्सका जस्ट फोटेनले टुर्नामेन्टमा सबैभन्दा धेरै १३ गोल गरे, तर चार प्रतिस्पर्धामा ६ गोल हान्ने ब्राजीली युवा पेले पुरा आकर्षण लाभ लिएर विश्वकपको ट्रफी लिएर गए ।ग्र्रुप स्तरमा पेलेले केबल एक म्याच मात्र खेल्न पाए तर वेल्सको विरुद्ध क्वाटरफाइनलमा उनले प्रतिस्पर्धामा एकमात्र गोल गर्दे ब्राजीललाई सेमिफाइनलमा पुर्याए । त्यसपछि जे भयो त्यसलाई विश्वले कहिले बिर्सने छैन ।
फ्रान्स विरुद्ध सेमिफाइनलमा पेलेले ह्याट्रिक गरे र ब्राजीललाई शानसँग फाइनलमा पुर्याए । पालो जब शिर्षक प्रतिस्पर्धामा आयो तब पनि उनले २ शानदार गोल गर्दे ब्राजिली फुटबलको ईतिहासमा आफनो नाम सुनौलो अक्षरमा कहिले नमेटिने गरी लेखे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा