सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १५। म्याच फिक्सिङको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको विषेश टोलीले सोमबार उपत्यकाको विभिन्न स्थानबाट म्याच फिक्सिङको अभियोगमा कारबाहीमा परेका पूर्व राष्ट्रिय खेलाडी केसी सहित ६ जनालाई फुटबलदेखि क्रिकेटलगायतका खेलमा सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको हो।
पक्राउ परेको गिरोहले अहिले जारी क्रिकेट र फुटबलका खेलहरुमा जित, हार, रन, विकेट र गोलका आधारमा अनलाईन जुवा खेलाउने गरेको प्रमाण भेटेपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरुका साथबाट जुवा खेलाउन प्रयोग सामाग्रीहरु समेत बरामद गरेको छ।
पक्राउ परेका केसीलगायतलाई प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा