सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १४ । आईपीएल २०१८ को प्रतिस्पर्धामा चेन्नेई सुपर किंग्सको प्रतिस्पर्धा सनराइजर्स हैदराबाद को टिमसँग भयो । यो म्याच मुंबईको वानखेडे मैदानमा खेलीएको थियो । यो म्याचमा पहिला ब्याटिङ गर्दे हैदराबादको टिमले निर्धारित २० ओभरमा ६ विकेटमा १७८ रन बनायो ।
जीतको लागी चेन्नेईलाई १७९ रनको लक्ष्य मिलेको थियो जसलाई यो टिमले शेन वाँटशनको शानदार शतकीय पारीको दमा ८ विकेट वाँकि राख्दै १८.३ ओभरमा नै हासिल गर्यो । यसको साथै चेन्नेईले हैदरावादलाई ८ विकेटले हराउदै आईपिएल २०१८ को शिर्षक आफनो नाम गरेको छ ।
महेन्द्र सिंह धोनीले पुरै सिरिजमा शानदार कप्तानीको भुमिका निभाए र आफनो टिमलाई तेस्रो पटक आईपिएल च्याम्पियन बनाए ।
चेन्नेईको ओपनर ब्याट्सम्यान शेन वाँटशनले ५७ बललाई पार गर्दे ११७ रनको पारी खेल्दै आफनो टिमलाई जित दिलाए र आईपिएल २०१८ को शिर्षक आफनो टिमलाई जिताउन शानदार भुमिका निभाए ।
सुरेश रैनाले वाँटशनसँग शानदार शातकीय साझेदारी गर्दे टिमको जितको आधार बनाए । रैनाले २४ बलमा ३२ रन बनाए ।
अंबाती रायडुले १९ बलमा १६ रनको पारी खेले र टिमलाई जित दिलाउदै पेवेलियन फर्के ।
चेन्नेईको बिरुद्ध फाइनल म्याचमा हैदराबादको कप्तान केन विलियमसनले टिमको लागी ३६ बलमा ४७ रनको धेरै महत्वपुर्ण पारी खेले ।
युसुफ पठानको २५ बलमा ४५ रनको पारीले हैदराबादको स्कोरलाई १७८ सम्म पुर्यायो ।
फाइनल म्याचमा शिखर धवनको पारी छोटो रह्यो तर टिमको लागी यो अहम थियो । उनले २५ बलमा २६ रन बनाएका थिए ।
शाकिब अल हसनले पनि १५ बलमा २३ रनको पारी खेले तर उनलाई डिजे ब्रावोले आफनो शिकार बनाए ।
चेन्नेईको तर्फबाट दिपक चहर बाहेकका सबै ब्याट्सम्यान लुंगी नजीडी, शर्दुल, करन, ब्रावो र जडेजाले एक एक विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा