सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोल्पा, जेठ ९ । रोल्पाको त्रिवेणी गाउँपालिका–५ की २५ वर्षीया एक अपांगता भएकी महिला जबर्जस्ती करणीमा परेकी छिन्। पूर्व माओवादी लडाकुसमेत रहेकी निज महिला माओवादी युद्धताका अपांग भएकी थिइन्। बोल्न नसक्ने तथा हातखुट्टा नचल्ने अवस्थामा रहेकी निज महिलालाई सोही गाउँका ५१ वर्षीय हरिप्रसाद कामीले जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ। घरमै बसिरहेको अवस्थामा अपांग महिलालाई जबर्जस्ती करणी गर्ने कामीलाई प्रहरीले पक्राउ गरी कानूनी कारबाहीका जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताइएको छ।
जिल्ला अस्पताल, रेउघामा स्वास्थ्य परीक्षणपछि महिलालाई घर पठाइएको तथा अभियुक्त कामीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए। अभियुक्त कामीलाई जबर्जस्ती करणीअन्तर्गत कारबाही गरिने प्रहरीले जानकारी दिएको छ। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा