सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ९ । भारतले विराटनगरमा सञ्चालन गरेको आफ्नो अस्थायी क्याम्प हटाएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ।
समाचारका अनुसार २०६५मा कोशी बाँध फुटेपछि बाँध पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय दूतावासको पहलमा क्याम्प स्थापना गरिएको थियो। एक वर्षभित्रैमा बाँध पुनः निर्माण भए पनि भारतले आफ्नो कार्यालय नियमितरूपमा सञ्चालन गर्दै आएको थियो।
क्याम्प हटाउन नेपालले पटक–पटक कूटनीतिक पहल गरे पनि भारतले गम्भीरतापूर्वक लिएको थिएन। क्याम्प स्थापना भएको करिब १० वर्षपछि सो कार्यालयको उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई अन्यत्र सरुवा गरिएको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत प्रस्ट्याएको छ। क्याम्प स्थापनाको उद्देश्य पूरा भएकाले हटाइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा