सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपन्देही, जेठ ७ । नेपाली काँग्रेस जिल्ला सभापतिको प्रदेशस्तरीय पहिलो बैठकले प्रदेश नं ५ को संसदीय दलको नेतृत्व कमजोर भएको निष्कर्ष निकालेको छ । प्रेस युनियन रुपन्देहीले बुटवलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनले संसदीय दलका नेताका विषयमा केन्द्रीय नेतृत्वलाई सचेत गराउने निर्णय भएको बताए ।
काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले पार्टी सभापतिको बैठकले संसदीय दलका नेता बलदेव शर्मा पोखरेललाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको बताए । प्रदेशसभा सदस्य वीरबहादुर रानाले प्रदेशसभामा विधेयकका विषयमा काँग्रेसको अवस्था स्पष्ट नहँुदा अन्योल थपिएको बताए ।
प्रदेश नं ५ का १२ जिल्लाका सभापतिको बैठकले पार्टीको संघीय संरचना निर्माण तत्काल गर्न केन्द्रलाई अनुरोध गर्ने, संगठनलाई थप अनुशासित र मर्यादित बनाइने, पार्टीको राष्ट्रिय भेलामा विधान संशोधन र पार्टी संगठनका सन्दर्भमा उठाइने विषयमा सुझाव सङ्कलन गर्न तीन सदस्यीय समिति बनाइने लगायत निर्णय भएका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा