सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, जेठ ४ । मोरङको मिक्लाजुङ–७ को मधुमल्लामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका अर्जुन राईका १६ वर्षीय छोरा सुनिलको उपचारका क्रममा मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ ।
उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेर कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पठाइएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा