सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३ । प्रधानमन्त्रि केपी ओलीले जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको २५ औं स्मृती दिवसमा श्रद्धाञ्ली ब्यक्त गरेका छन् । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना परी मदन भण्डारी र जिवराजको मुत्यु भएको थियो ।
साथै प्रधानमन्त्रि ओलीले लोकतान्त्रिक,देशभक्त तथा प्रगतिशील विचार र संघर्षद्वारा स्थापित नेपाली कम्युनिस्टआन्दोलनलाईअझ एकतावद्ध गर्ने अभियानमाअग्रसर हुन कार्यकर्ता पंक्तिमा आग्रह समेत गरेका छन् ।
उक्त दिन पारेर एमाले र माओवादीले आज एकता घोषण गर्ने प्रतिबद्धता हिजो नै जनाइसकेका छन्।
उनले ट्विटरमा लेखेको पोष्ट यस्तो छ:
कम्युनिस्टआन्दोलनको लोकतान्त्रिकरणकाअगुवा जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्लीअर्पण गर्दछु।लोकतान्त्रिक,देशभक्त तथा प्रगतिशील विचार र संघर्षद्वारा स्थापित नेपाली कम्युनिस्टआन्दोलनलाईअझ एकतावद्ध गर्ने अभियानमाअग्रसर हुन कार्यकर्ता पंक्तिमा आग्रह गर्दछु
— K P Sharma Oli (@kpsharmaoli) May 17, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा