सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख ३१ । यात्रुले बिर्सिएको ७ लाख ५५ हजार लिएर फरार टयाक्सी चालक पक्राउ परेका छन । नवलपरासी कावासोती घर भई हाल काठमाडौं हाँडीगाउँ बस्दै आएका बा १ ज ३६६५ नम्बरको भाँडाको टयाक्सी चलाउने २९ वर्षीय अशोक थापालाई प्रहरीले ६ लाख नगदसहित पक्राउ गरेको हो । गएको वैशाख २६ गते बुधबार बारा सिमराका ६७ वर्षीय नारायणप्रसाद पाठकले छोरा रमेशप्रसाद पाठकको काठमाडौं कमलादीमा सञ्चालन गरेको पसलका लागि ल्याएको त्यो पैसा लिएर टयाक्सी चढेका थिए । तर टयाक्सीबाट झर्दा उनले पैसाको झोला भने टयाक्सीमै बिर्सिएका थिए ।
पैसा लिएर फरार भएका टयाक्सी चालकलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीले नियन्त्रणमा लिई त्यो पैसामध्ये ६ लाखसमेत बरामद गरेको हो । सीसीटीभी फुटेजका माध्यमबाट त्यो पैसा टयाक्सी चालकले नै लिएको पुष्टि भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यो पैसा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सम्बन्धित धनी पाठकलाई फिर्ता दिइएको छ ।
थापाले १ लाख ५५ हजार भने हिनामिना गरेकाले उनलाई सार्वजनिक अपराध मुद्दा चलाएर आवश्यक कारवाही प्रक्रिया सुरु गरिएको पनि महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो । प्रहरीले बाँकी रकम थापाले आफूखुसी खर्च गरेको बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा