सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख ३१ । सिटिजन्स बैंकले एक साथ ६ स्थानमा आफनो नयाँ शाखा विस्तार गरेको छ । सोमबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कम्प्यूटर बाटै क्लिक गरेर इलामको माङसेबुङ ,सोलुखुम्बुको लिखु पिके ,रामेछापको सुनापती, काभे्रको तिमाल ,सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमिको शुभारम्भ गरेका छन् ।
“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारा लिएको बैकले मुलुक संघियतामा गएसँगै नियमन निकाय नेपाल राष्ट्र बैकले सबै स्थानिय तहमा बैकहरु पुग्नै पर्ने बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दे उक्त शाखा विस्तार गरेको बैक प्रमुख कार्यकारी भण्डारीले जानकारी दिए ।
भण्डारीले बैक सुरक्षीत तथा लगनीको क्षेत्र विश्लेषणात्मक भएकोले सिटिजन्स बैक उत्कृष्ट रहेको बताए ।
सरकारले वित्तीय पहुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ ।
मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति बैकले निकट भविष्यमा नै प्युठानको झिमरुक , पूर्व रुकुमको भूमे , हुम्लाको नाम्खा , अछामको ढकारी , कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा थप शाखाहरु विस्तार गर्ने भण्डारीले जानकारी दिए ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग कार्यालयहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकहरुलार्इ आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
आफ्नो ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा ,ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा