सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २९ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथमा विशेष पूजा एवं दर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
मुक्तिनाथमा पूजा एवं दर्शनपछि शनिबार बिहान साढे १० बजेपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुग्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्रीको स्वागतका लागि पशुपतिमा सरसफाइ, स्वागतद्वार निर्माणलगायत सबै तयारी पूरा भएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए।
मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए। पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि भारतीय रुपैयाँ २५ करोड, सरसफाइका लागि पाँच करोड सहयोग घोषणा गरेको पूर्वसदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिए ।
त्यसबेलाको घोषणाको सहयोग मन्त्रालयले दिनुपर्ने अनुमतिको प्रक्रिया पूरा नभएकाले रोकिएको उनले सुनाए। सहयोगसम्बन्धी सो प्रस्ताव अहिले पनि अर्थ मन्त्रालयमा रोकिएको कोषले जनाएको छ।
चार वर्षअघिको भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ मन्दिरमा भएको पूजाका अवसरमा १२ वर्षअघिदेखि रोकिएको नेपाल–भारतमैत्री धर्मशाला निर्माणको बाटो खुला भयो। धर्मशाला निर्माण हाल अन्तिम चरणमा पुगेको छ।
कोषले उपलब्ध गराएको १६ रोपनी जग्गामा भारत सरकारले तीनतारे होटलस्तरको धर्मशाखा निर्माण गरिरहेको छ। धर्मशालामा ४०० जनाको क्षमता छ। धर्मशालाको निर्माणपछि पशुपतिमा विश्वका धार्मिक पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा