सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनर, बैशाख २५ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका तीनजना अभियुक्त एससपी दिवश लोहनी, डिएसपी प्रजित केसी र सञ्जय राउतसँग जिल्ला अदालत मोरङले मंगलबार बयान लिंदैछ । पक्राउ परेका ३० मध्ये सोमबारसम्म २७ जना अभियुक्तको बयान सोमबारसम्ममा सकिएको थियो।
हिजो जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा पूर्व डिआइजी गोविन्द निरौला, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा र जवान विष्णुबहादुर खड्काको बयान लिइएको थियो । यसैगरी विमानस्थलका कर्मचारीहरु राजन थापा, पुण्य लामा, गोपाल श्रेष्ठ, हेमन्त गौचन, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारूको पनि बयान सकिएको छ ।
उक्त काण्डमा अझै ३३ जना फरार छन्। फरार हुनेमा मुख्य नाइके चँडामणि उप्रेती गोरेसहित बहालवाल एससपी श्याम खत्रीसमेत छन्। सबैको बयान सकिएपछि अदालतले थुनछेकको बहस सुरु गर्ने तयारी गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा