सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर, बैशाख २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर अवतरण गर्ने बेलामै समकक्षी केपी ओली पुग्ने कार्यक्रम बनेको छ। सोमबार मोदीको भ्रमण तालिका सार्वजनिक गर्दै दुवै प्रधानमन्त्री एकै समय जनकपुर उत्रिने जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका हुन्।
ज्ञवालीका अनुसार भारतीय प्रधानमन्त्री मोदीको रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले स्वागत गर्नेछन्। त्यसपछि मोदी जनकपुरको जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्न जानेछन्। प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीवीच जानकी मन्दिरमै भेटघाट हुनेछ।
जानकी मन्दिरमा मोदीले करीब ३० मिनेट विशेष पूर्जाअर्चना गर्नेछन्। पूजा पछि दुबै देशका प्रधानमन्त्रीले जानकी मन्दिर परिसरबाटै रामायण सर्किटको उद्घाटन गर्नेछन्।
भारतीय पक्षले रामायण सर्किटको उद्घाटनपछि दुबै देशको प्रधानमन्त्रीको छोटो प्रेस बिफिङका लागि पनि कसरत भइरहेको छ।
जानकी मन्दिरको विशेष पूजापछि भारतीय प्रधानमन्त्री मोदी जनकपुरको रंगभूमि मैदानमा उनको सम्मानमा आयोजित नागरिक अभिनन्दन समारोहमा सरिक हुनेछन्। आजको कान्तिपुरमा यो समाचार छापिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा