सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाजुरा, बैशाख २४। बाजुराको जगन्नाथ गाउँपालिकामा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् । शनिबार राति परेको चट्याङ लागेर जगन्नाथ गाउँपालिका–२ लुमामा एकै परिवारका चारजना घाइते भएका छन् । घाइते हुनेमा गोरख सार्कीको श्रीमती जुनपुरा सार्की, छोरी रेश्मा सार्की, मीना सार्की छोरा जीवन सार्की र छाया सार्की रहेका छन् । घाइतेमध्ये १३ वर्षका छाया सार्कीको अवस्था गम्भीर रहेको गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिए ।
गम्भीर घाइते छायाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भइरहेको छ भने अन्यको जगन्नाथ स्वास्थ्य चौकीमा भइरहेको छ । खाना खान भनेर बसिरहेको बेला परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । चट्याङका कारण घरभित्र रहेको समानमा क्षति पुगेको छ भने घरको छानो समेत भत्किएको छ ।
शनिबार रातिकै हावाहुरी र असिना पानीले जिल्लाका विभिन्न स्थानको अन्न र तरकारी बालीमा क्षति पुगेको छ । त्रिवेणी नगरपालिकामा असिनाले तरकारी र गहुँबालीमा क्षति पुर्याएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा