सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, बैशाख २४। नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक क्षेत्र मुस्ताङको मुक्तिनाथमा एक घण्टाभन्दा बढी समय बिताउने भएका छन्। मोदीले यही वैशाख २८ र २९ गते नेपाल भ्रमण गर्ने तय भएको छ। सुरुमा २८ गते जनकपुर उत्रिने मोदी त्यहाँ विभिन्न कार्यक्रममा सरिक भई सोही दिन काठमाडौं जाने छन्।
मोदी २९ गते बिहान काठमाडौंबाट मुक्तिनाथ जाने कार्यक्रम छ। तीन हजार सात सय १० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिरमा मोदीले विशेष पूजाआजा गर्नेछन्।
‘कम्तीमा एक–डेढ घण्टा भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ मन्दिरमा बिताउने अनौपचारिक जानकारी आएको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने, ‘उहाँको मुक्तिनाथ मन्दिर क्षेत्र बसाइ अवधि मौसममा पनि निर्भर हुनेछ।’
मोदीको भ्रमणलाई लक्षित गरी अहिले मुक्तिनाथ मन्दिर परिसरमा आवश्यक तयारी धमाधम भइरहेको छ। सरसफाईदेखि हेलिप्याड व्यवस्थापन, रङरोगनलगायत काम भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा