सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्पेनीस ला लिगा च्याम्पियन बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आइतबार राति भएको खेलमा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियलले २–२ को बराबरी खेल खेलेका छन् ।
घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा ४५ मिनेटसम्म बार्सिलोनाले केवल १० खेलाडीको भरमा खेलेको थियो ।
निकै संघर्षपूर्ण खेलको १० औं मिनेटमा लुइस स्वारेजले बार्सिलोनाको लागी पहिलो गोल गर्दे शुरुवाती अग्रता बनायो । तर, यो धेरैबेर टिक्न सकेन र त्यसको ४ मिनेटमै मड्रिडको लागी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
पहिलो हाफको इन्जुरी टाइममा बार्सिलोनाका सार्गी रोबर्टोले मर्सेलोलाई फल गरेपछि रातो कार्ड खादै मैदानबाट बाहिरिए । १० खेलाडीमा सीमित बार्सिलोनाले ५२ औं मिनेटमा लिओनल मेस्सीको मद्यतले गोल गरे । तर ७२ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै खेल दुई–दुई गोलको बराबरीमा पुर्याए ।
उसले यो बराबरीसँगै ला लिगामा सिंगो सिजन अपराजित रहन तीन खेल खेल्न बाँकी छ, बाँकी तीन खेल नहारे ला लिगाको सिंगो सिजन अपराजितको रेकर्ड बनाउनेछ ।
बराबरीसँगै बार्सिलोनाको ३५ खेलबाट ८७ अंकसहित शिर्ष स्थान कायमै छ भने रियलको ३६ खेलबाट ७२ अंकसहित दोस्रो स्थानमा छ त्यस्तै एटलेन्टिको मेड्रिड पनि समान खेलबाट ७५ अंकसहित दोसा्रो सथानमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा