सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ, बैशाख २२ । विप्लव समर्थित नेकपाका दुईजना कार्यकर्तालाई सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा आज धादिङको नीलकण्ठ नगरपालिका–८ पुलबजारबाट प्रहरीले गिरफ्तार गरेको छ ।
प्रहरीले गिरफ्तार गरेकाहरुमा काभ्रे जिल्ला महाभारत गाउँपालिका निवासी ३२ वर्षीय महासागर लामा र धादिङको रुबीभ्याली गाउँपालिकाका ३५ वर्षीय पेम्बा लामालाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।
नेकपाले गरेको नेपाल बन्दका क्रममा जिल्लाको गजुरी गाउँपालिका, सिद्धलेक गाउँपालिका, धुनीबेँसी नगरपालिका क्षेत्रको सडकमा सकेट बम राखेको र सेनाले निष्क्रिय पारेपछि बम राखेर सर्वसाधारणलाई त्रसित बनाएको आरोपमा पक्राउ गरेको हो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा