सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उत्तर कोरीयाले शनिवार (मे ५) मा आफनो घडीको सुई आधा घण्टा बढाएर आफनो देशाको घडीको समय (टाइम जोन) दक्षिण कोरीयाको समय अनुसार बनाएको छ । उत्तर कोरीयाले यो कदम दुबै देशका बीच मेलमिलापको दिशामा एक कदम अगाडी बढाउदै उठाएको हो ।
समाचार एजेन्सि योनहापका अनुसार, टाइम जोनमा गरीएको यो वदलाव उत्तर कोरीयाका सर्वोच्च नेता किम जोंग उनको दक्षिण कोरीयाको राष्ट्रपति मुन जे इनलाई यो कुरा बताइएको एक हप्ता पछि गरीएको हो कि उनी अन्तर कोरीयली मेलमिलाप र एकतालाई बढांवा दिनको लागी दुबै देशको टाइम जोनको एउटै गर्न चाहन्छन् । यो फैसला शुक्रबार आधि रातबाट लागु भएको हो ।
उत्तर कोरीयाको सरकारी समाचार एजेन्सिले एउटा वयानमा जारी गर्दे भनेको छ कि,’ प्रेसिडयम अफ द सुप्रिम पीपुल्स असेबली अफ उत्तर कोरीया’ को आदेश अनुसार, प्याङयोगको समयलाई पुन निर्धारित गरिएको छ र यो ५ मे बाट लागु भएको छ । जानकारी अनुसार उत्तर र दक्षिण कोरीयाको विच ऐतिहासिक बैठक पछि दुबै देशको टाइम जोनलाई एक बनाउने पहल ब्यवहारिक कदम हो ।
उत्तर कोरीयाले अगस्ट २०१५ मा आफनो मानक समयलाई दक्षिण कोरियाको समयको ३० मिनेट ढिलो गरेको थियो । यसको पछाडि यो तर्क दिइएको छ कि १९१०–१९४५ को बिच जापानको कोरीयाली प्रायद्धिपमा शासनको चिन्हलाई हटाउनको लागी गरिएको हो । यो भन्दा पहिला दुबै कोरीयाली देशमा एक समान मानक समय नै थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा