सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २१ । सरकारले नयाँ बसपार्कबाट यातायात संघ तथा समितिका सबै काउन्टर हटाएको छ । यातायात व्यवस्था विभागका अनुसार, सरकारले सिन्डिकेटको पक्षमा लागेर सेवा अवरुद्ध गरेका यातायात संघ तथा समितिका सबै काउन्टर तथा बोर्डहरु हटाएको हो ।
विभिन्न यातायात कम्पनीहरुका बोर्ड राख्न निर्देशन दिए लगत्तै सबै पुराना काउन्टर हटाइएको हो ।
बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले सरकारको निर्देशन अनुरुप साँझ तीन दर्जन समितिका काउन्टररु हटाएका छन् । अब कम्पनीका काउन्टरहरु व्यवस्थित रुपमा राख्ने लोत्सेका महाप्रवन्धक सुनिल कुँवरले जानकारी दिए ।
गाडी ग्यारेजमा थन्काएर सरकारलाई असहयोग गर्ने २६ वटा माइक्रोको रुट इजाजत पनि आजै खारेज गरिएको छ ।
मन्त्रालयको निर्णयपछि विभागले नयाँ बसपार्कमा अब कम्पनीमा दर्ता भएका यातायात ब्यवसायीहका मात्रै बोर्ड राख्न पनि ल्होत्से प्रालिलाई निर्देशन दिएको छ । विभिन्न समिति र संघको नाममा नयाँ बसपार्कबाट यात्रा गर्ने यात्रुले दैनिक बसपार्कभित्र ठगिने र लुटिने अवस्थाको अत्त्य पनि हुने भएको छ । बसपार्कमा टिकटका लागि हुने दलाली र बिचौलियाका कारण यात्रुले समस्या भोग्दै आएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा