सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख २१ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद (सरोज) सिटौला पक्राउ परेका छन् । रिपोर्टर्स् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भाग लिन जानेक्रममा सिटौलालाई भृकुटीमन्डपबाट पक्राउ गरिएको हो ।
गृहमन्त्रीको आदेशपछि सादा पोसाकमा खटिएको प्रहरी टोलीले महासचिव सिटौलालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।
उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा लगिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा