सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख २१ । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले शुक्रबार क्यू फ्री गरेको छ । आज गाडी चालकले आफ्नो इच्छा अनुसारको रुटमा गाडी चलाउन पाउने यातायात व्यवस्था विभागले जनाएको छ । यात्रुको बढी चाप रहेको ठाउँमा चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउँछन् । तर भाडा भने सरकारले तोकेभन्दा बढी लिन पाइने छैन ।
सिन्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले गाडी नचलाएपछि सरकारले आज क्यू फ्रीको निर्णय गरेको हो ।
सिन्डिकेटको विपक्षमा रहेका व्यवसायीले सरकारलाई साथ दिदै आज गाडी चलाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार सार्वजनिक यातायात सञ्चालन नगर्ने भएपछि यातायात व्यवस्था विभागले निजी कम्पनीलाई सवारी सञ्चालन गर्न आग्रह गर्दै क्षति भए सरकारले क्षतिपूर्ति दिने प्रतिबद्धता समेत गरेको थियो।
सो अवसरमा विभागले ४३ वटा कम्पनीसँग छलफल गरेको थियो। यातायात कम्पनी सरकारले सुरक्षा दिए गाडी सञ्चालन गर्न तयार रहेको र सोही अनुसार सञ्चालन गरिने विभागका निर्देशक तीर्थराज खनालले जानकारी दिए।
काठमाडौंमा साझा, मयूर, महानगर लगायत कम्पनीका बस नियमित रुपमा सञ्चालनमा छन् ।
यस्तै, काठमाडौंबाट बाहिर जाने पूर्वको लागि लामो दूरीमा सप्तकोशी, हिमगंगा, त्रिवेणी, सोलुखुम्बु, दुधकुण्ड, खुम्बु, सगरमाथा, खाँडादेवी, सिसाखेतलगायतका यातायातका गाडी चलिरहेका छन् । पश्चिमको लागि भेरी, कञ्चनपुर शुक्लाफाँटा लगायतका यातायातका गाडी चलिरहेका छन् ।
आज गाडी नचलाउने व्यवसायीलाई सरकारले कार्वाही गर्ने बताइसकेको छ । अत्यावश्यक सेवामा हडताल गर्ने वाडीको विवरण संकलन भैरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विवरण संकलन भएपछि पहिलो दिनमै रुट खारेज गरिने विभागको तयारी छ ।
सरकारले केही दिनअघि अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना निकालेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा