सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २० । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले डा. उपेन्द्र देवकोटालाई भेटेपछि फेसबुकमा निकै भावुक स्टाटस लेखेका छन् ।
विगत लामो समयदेखि अस्वस्थ रहेका डा.देवकोटालाई भेट्न बाबुराम बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका थिए । बाँसबारी अस्पतालबाट फर्किएपछि उनले डा। देवकोटासँगका पुराना तस्वीरहरू तथा लेखेको पत्र राख्दै फेसबुकमा यस्तो भाबुक स्टाटस लेखेका हुन् ।
डा.देवकोटा नेता भट्टराईका बाल्यकाल देखिका साथी समेत हुन् ।
उनले अस्पतालमा भेट्न जादा वहाँको तीक्ष्ण स्मरण शक्ति र दृढ अठोट यथावत् देख्दा वहाँ सोचे जति गम्भीर विरामी नभएको औलाएका छन् ।
उहाँले फेसवुकमा लेखेको स्ट्याटस यस्तो छ ।
“मेरा वालसखा, सहपाठी तथा आत्मीय मित्र डा. उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिवारे बुझ्न अस्पताल पुग्दा दुवैले पुराना दिनहरूको सुखद सम्झना गर्यौं! वहाँको तीक्ष्ण स्मरण शक्ति र दृढ अठोट यथावत् देख्दा वहाँ सोचे जति गम्भीर विरामी भएको अनुभूत भएन र वहाँ आफैले आफ्नो जीवनको सीमाको फरक आँकलन गरेपनि प्रकृतिमा हुने आकस्मिकता र सम्भावनाका नियमहरूले वहाँ स्वस्थ हुनुहुनेछ भन्ने आशा पलाइरह्यो। त्यस्तै अनुभूति visitors’ book मा लेखियो( फोटो )! Get well soon, my friend! All your classmates are proud of you!!”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा