सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर बैशाख २० । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो ३० गते देखाइने भएको छ । साथै रथ तान्न बैशाख २७ गतेको शुभसाईत समेत निकालिएको छ ।
अहिले रथ जावलाखेलमा दर्शन गर्न र दीप बाल्नको लागि राखिएको छ भने भक्तजनहरुको घुईंचो समेत लागेको छ ।
ललितपुरको पुल्चोकबाट तानेर लगनखेल पु¥याइएको मच्छिन्द्रनाथको रथ त्यहाँबाट शुभ साइतमा तानेर जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाइने परम्परा रहेको छ । आज जोशी गुरुहरुले बैशाख २७ गते रथ जावलाखेलतर्फ तान्ने शुभसाइत निकालेसँगै ३० गते भोटो देखाउने निश्चित भएको हो ।
रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने यो रथजात्रा यसपटक जेठमा मलमास परेकाले छोटो अवधि भित्रै सम्पन्न गर्ने गरी रथ तान्ने शुभसाईत निकालिएको हो ।
लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्यो । दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्यो । सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए । सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा