सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर, वैशाख १८ । मंगलबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीको जस्तोसुकै आन्दोलन भए पनि सिण्डिकेटलाइ खारेज गर्ने कामबाट सरकार पछि नहट्ने बताउनु भएको छ । सुशाशन लागुगर्ने काम प्रहरी संगठनसहित सबैक्षेत्रमा लागु भइरहेको बताउँदै थापाले भन्नुभयो ‘प्रहरी भित्र, कर्मचारी क्षेत्र र अन्य क्षेत्रमा हुने भ्रष्टाचार, तस्करी, अनियमिततालाई अन्त्य गरेरै छाड्ने तयारीमा सरकार छ ।’
अहिले विभिन्न क्षेत्रमा सुरक्षा चुनौती पनि उत्तिकै रहेको र यसलाई नियन्त्रण गरेर छोड्ने प्रतिबद्धता उहाँले गर्नुभयो । अपराधलाई नियन्त्रण गर्नका लागि कुनै पनि कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । लागूऔषध ओसार पसार र यसको प्रयोग बढेकाले नियन्त्रण गर्नका लागि आफूहरु लागिपरेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको भारत भ्रमणपछि अब चीन भ्रमणको तयारी भैरहेको उहाँले जानकारी दिनुभयो । अहिलेको सरकारको एजेण्डा भनेको विकास र समृद्धी नै रहेको बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा