सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
म्याग्दी, बैशाख १६ । म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन्।
स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका हुन् ।
अनुसन्धानका क्रममा उनले गत मंसिरदेखि विभिन्न समयमा ती बालिकालाई बलात्कार गर्दै आएको खुलेको छ ।
परिवार र स्थानीयवासीले घटनाबारे गाउँपालिका उपाध्यक्ष केशमायाँ पुनमगरलाई जानकारी गराएपछि उनकै समन्वयमा प्रहरीले आरोपित पुनलाई शनिबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
फौज्दारी मुद्दा भएकाले गाउँपालिकाको न्यायिक समितिले उक्त मुद्दालाई प्रहरीको समन्वयमा कानूनी प्रक्रिया अघि बढाएको उपाध्यक्ष मगरले बताएकी छन्।
पीडित बालिकाको परिवार आर्थिक तवरले कमजोर रहेका कारण पूर्वशिक्षक पुनले विभिन्न आर्थिक प्रलोभन देखाउने र बलात्कार गर्ने गरेको पाइएको उनको भनाइ छ।
पीडित बालिकालाई शनिबार दिउँसो सदरमुकाम ल्याएर स्वास्थ्य परीक्षण गरेपछि आवश्यक औषधिसँगै स्वास्थ्य परामर्श दिइएको छ।
प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले आरोपित पुनलाई नियन्त्रणमा लिएर कारबाहीका लागि कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिए। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा