सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख १५ । टेलिकमकी कार्यकारी निर्देशक कामिनी राजभण्डारीतिर फर्किएर सोधे, ‘बिदाको दिन फोन किन बिग्रिन्छ?’ उनले टेलिकमको सबै प्रगति विवरण सुने। यो खबर आजको राजधानि दैनिकले छापेको हो ।
त्यसपछि उनको सटिक टिप्पणी थियो, ‘अल्छी कर्मचारीलाई सरकारले कडाइ गर्छ।’ शुक्रबार राजभण्डारीसहितको उपस्थितिमा प्रकानमन्त्री ओलीले टेलिकमको प्रगति विवरण सुनेका थिए। प्रधानमन्त्रीले थपे, ‘जति गुनासा छन्, आजैदेखि अन्त्य गर्नुस्।
सरकारले अब त्यस्तो प्रवृत्ति सहेर र टुलुटुलु हेरेर बस्दैन।’ टेलिकमको सेवामा बारम्बार समस्या आउने गरेको भन्दै प्रधानमन्त्री ओलीले सेवा विस्तार भए पनि सुविधा विस्तार नभएको टिप्पणी गर्दै भने, ‘सेवा गुणस्तरीय हुनुपर्छ। जनताले स्तरीय सेवा पाउनुपर्छ।’ गुणस्तर सुधारका लागि प्रधानमन्त्री ओलीले टेलिकमका प्राविधकि शाखाहरूमा २४ घण्टा कर्मचारी खटाउन निर्देशन दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा