सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख १५ । प्रहरीको सर्वाधिक खोजीमा रहेका ‘गोरे’ भनिने चूडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ । सुन र सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो । यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकले छापेको हो ।
मोरङ, उर्लाबारीका गोरेले सुन तस्करीको जालो फैलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा अधिकारीसँग राम्रै उठबस गरेको अधिकारीहरू बताउँछन् ।
गोरेले नेपाल बस्दा र भारतमा बस्दा प्रयोग गर्ने मोबाइल नम्बरको ‘कल ट्रेस’ गरेर अभिलेख हेर्दा छानबिन समितिका अधिकारीहरू चकित छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोली गोरे पक्राउ गर्न धरान पुग्दा पूर्वडीआइजी गोविन्द निरौला र गोरेबीच फोनमा सम्पर्क भएको तथ्यसमेत फेलापरेको छ ।
शाक्यको हत्यापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका तत्कालीन एसपी विकास खनालसँगसमेत गोरेको सम्पर्क देखिएको छ ।
अझ रोचक कुरा त गोरेको काठमाडौंस्थित डेराबाट फेलापरेको डायरीमा एसएसपी श्याम खत्री, एसपी खनाल र पूर्वडीआइजी निरौलालाई पैसा दिएको हिसाब फेलापरेको छ ।
खनाल र खत्रीलाई डेढ करोड रुपैयाँ बढी दिएको फेहरिस्त गोरेले डायरीमा उतारेको छानबिन समितिले फेलापारेको छ ।
३३ किलो सुन विमानस्थलबाहिर पठाउने बेलासमेत डीआइजी निरौला गोरेसँग सम्पर्कमा देखिएको तथ्य फेलापरेको छ । तत्कालीन समयमा गोरेलाई सहयोग गरेका एसएसपी खत्री भने हाल फरार छन् ।
महाशाखा टोलीले इटहरीबाट नियन्त्रणमा लिएका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेले दिएको बयानले इलाका प्रहरी कार्यालय इटहरीका तत्कालीन डीएसपी सञ्जय राउत र गोरेबीच सम्बन्ध धेरै राम्रो रहेको देखिएको छ ।
सोही आधारमा छानबिन टोली राउतलाई नियन्त्रणमा लिने निष्कर्षमा पुगेको हो । प्रहरी अधिकारीलाई पैसा बाँडेर सुन तस्करी गर्दै आएका गोरेले महाशाखा टोलीलाई दुई करोड प्रस्ताव गरेका थिए ।
प्रस्तावबारे तत्कालीन निमित्त प्रहरी महानिरीक्षक बमबहादुर भण्डारीसमेत जानकार थिए । गोरेले कुनै हतकन्डा अपनाए गोली हान्नेसम्मको आदेशअनुसार महाशाखा टोली धरान पुगे पनि संगठनकै उच्च अधिकारीको सूचनाका कारण गोरे भागेपछि घटनाले अर्को मोड लिएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा