सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख १२ । प्रधानमन्त्री केपी ओलीले धरहरा बनाउन आफु कोदालो खन्न तथा डोको बोक्न तयार रहेको बताएका छन् ।
हजारौको ज्यान जाने गरी २०७२ बैशाख १२ मा गएको बिनाशकारी भूकम्पकोे आज तीन वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दे उक्त प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्रि ओलीको ट्विटरमा यस्तो लेखेका छन् “भू–कम्पले ढलेको हाम्रो शानलाई स्वाभिमानसाथ उठाउनु छ । त्यसका लागि म कोदालो खन्न तयार छु, खर्पन र डोकोमा इँटा बोक्न तयार छु । हामी जहाँ छौं, त्यहिँबाट नव–निर्माणमा जुटौं “।
साथै राष्ट्रिय पुननिर्माण प्राधिकरणले मै बनाउँछु मेरो धरहराु अभियानअन्तर्गतको कार्यक्रममा भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिन प्रधानमन्त्रि ओली आज धरहरा पुगेका छन्।
उक्त अवसरमा प्रधानमन्त्रि ओलीले सबै जनताले खाना पाउने, बास बस्न पाउने, छोराछोरी पढाउन पाउने र स्वास्थ्य सेवा पाउने वातावरण बनाउन सरकार लागिपरेको बताए।
साथै उनले भने ‘अब नेपालमा फाँसीवाद होइन जनवाद आउँछ , समृद्धिवाद, खुसीवाद आउँछ ‘।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि २९ गते दोलखा केन्द्रविन्दु भएर गएका ठूला परकम्पसँगै यो ३ बर्ष अवधिमा सानो ठुलो गरेर झण्डै ५०० पराकम्पन गईसकेको छ । भुकम्पलले १४ जिल्लामा ठूलो क्षति पुर्याएको थियो ।भूकम्पमा झण्डै १० हजारले ज्यान गुमाएका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा