सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख १२ । पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मान्दै बर्सेनि लाखौं पर्यटक भित्र्याउँदै आएको नेपालबाट घुम्न बाहिरिनेको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ।
बाहिर जाने आउट वाउन्ड पर्यटक पनि बर्सेनि बढ्दै गएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदी बताउँछन्।
उनका अनुसार ५ बर्ष यता नेपालीहरु घुम्नकै लागि विदेश जान थालेका छन्। सुवेदीले भने, टुरिस्ट भिसा लिएर घुम्न जाने कल्चर ५ बर्षयता बढेको देखिन्छ। नेपालीहरु कुन कुन मुलुक घुम्न निस्कन्छन् ? कति खर्च गर्छन् ? कस्ता खाले पर्यटक भई निस्किरहेका छन् ? भन्ने तथ्यांक भने राखिने गरेको छैन।
बार्षिक ७ लाख नेपालीहरु पर्यटक भिसामा घुम्न निस्किने गरेको अनुमान छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा