सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, वैशाख ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण गर्ने मिति वैशाख १४ गते तोकिने बताउनुभएको छ । भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा केही जटिलता नभएको तर समय अभावले केही पर सरेको बताउनुभयो ।
वैशाख १४ गते भित्र सबै समझदारी भइसक्ने र लगत्तै पार्टी एकीकरण हुने बताउँदै उहाँले दुई अध्यक्षको व्यस्तताले ढिला भएको बताउनुभयो । समय निकालेर छिट्टै टुंगोमा पुगिने बताउनुभयो ।
केही दिन ढिलाई हुँदैमा केही समस्या नहुने बताउँदै अध्यक्ष प्रचण्डले पार्टी एकीकरणपछि पछुताउनु भन्दा एकताअघि नै समय लिनु राम्रो भएको बताउनुभयो । वैशाख महिनाभित्रै पार्टी एकीकरण हुने उहाँले बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा