सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर, वैशाख ११ । प्रदेश २ काे सरकारले चालू आर्थिक वर्षको बजेट प्रस्तु्त गरेको छ । सचिवालयमा दर्ता भएको विधेयकमा मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७० रुपैयाँ तोकिएको छ । मुख्यमन्त्रीलाई आवास सुविधाको साथै अतिथि सत्कार खर्च तीन हजार, सवारी र प्रति महिना तीन सय लिटर इन्धनको व्यवस्था गरिएको छ । यस्तै मन्त्रीको ५७ हजार ७ सय ८०, राज्यमन्त्रीको ५६ हजार ४ सय ९० र सहायकमन्त्रीको ५३ हजार रुपैयाँ तलब तोकिएको भने मन्त्रीहरुलाई आवास सुविधाका लागि प्रतिमहिना १५ हजार रुपैयाँ भाडा दिने व्यवस्था गरेको छ । मन्त्रीहरुलाई प्रति महिनामा २ सय २५ लिटर इन्धन उपलब्ध गराउने छ ।
यस्तै मुख्यमन्त्रीलाई तीन महिनामा १० लिटर मोबिल र अन्य मन्त्रीलाई ५ लिटर मोबिल , दैनिक भ्रमणभत्ता मुख्यमन्त्रीलाई तीन हजार र अन्य मन्त्रीलाई दुई हजार दिइनेछ व्यवस्था विधयेकमा गरिएको छ । आवास, अतिथि सत्कार, सवारी इन्धन, मोबिल र दैनिक भ्रमणभत्ताबाहेक अन्य सेवा, सुविधा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको एकैनास रहेको छ । विधेयकमा मुख्यमन्त्री तथा मन्त्रीहरुले विशेष भत्ता एक हजार, सञ्चार तथा पत्रपत्रिकावापत प्रतिमहिना तीन हजार, फर्निचर सुविधावापत एकमुष्ठ ५० हजार, सवारीसाधन उपलब्ध गराउने, बिजुली, धाराबापत प्रतिमहिना दुई हजारको व्यवस्था गरिएको छ ।
यस्तै विधेयकमा सभामुखको पारिश्रमिक प्रति महिना ५८ हजार रुपैयाँ तोकिएको छ भने उपसभामुख, प्रमुख विपक्षी दलका नेता, प्रदेश सभाका विभिन्न समितिका सभापति र सचेतकको पारिश्रमिक ५६ हजार ४ सय ९० रुपैयाँ व्यवस्था छ । यस्तै प्रदेश सांसदको मासिक तलब ५५ हजार तोकिएको छ । सभामुखदेखि प्रदेशसभा सदस्यसम्मलाई बैठक भत्ता एक हजार, सञ्चार सुविधा तथा पत्रपत्रिकाका लागि प्रतिमहिना तीन हजार उपलब्ध गराउने उल्लेख छ । यस्तै, सभामुखलाई आवास सुविधा उपलब्ध गराउने तथा विपक्षी दलका नेतादेखि सदस्यसम्मलाई प्रतिमहिना १५ हजार दिने व्यवस्था विधेयकमा गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा