सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख ११ । प्रिंस विलियमको पत्नि केट मिडलटनले छोरो जन्माएकी छिन् । यो उनको तेस्रो सन्तान हो । जो शाही गद्धीको पाचौ हकदार पनि हुनेछन् ।
केसिंग्टन प्यालेसले सोमबार एक जानकारी दिदै भनेको छ “शिशुको जन्म स्थानीय समय अनुसार मध्यान्ह ११ बजेर एक मिनेटमा भयो , बिबिसी रीपोर्ट अनुसार, बच्चाको जन्म सेंन्ट मेरी अस्पतालमा विहान ११ बजे भयो, बच्चाको तौल ३.८ किलो थियो, यो उनको तेस्रो सन्तान हो “।
दरबारले बताए अनुसार आमा–बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको र प्रिंस विलियम अफनो छोरा जन्मेको समय त्यही उपस्थित थिए भनेको छ ।
शिशु महारानी एलिजाबेथको छैठौ पनाती हुन् । विलियम (३५) र केट (३६) ले अप्रिल २०११ मा विवाह गरेका थिए । यो शिशु शाही गद्दीको लागी उमेदवारीको दौडमा पाचौ स्थानमा हुनेछन् । यो दौडमा उ भन्दा अगाडी उसको हजुरबा प्रिंस चाल्र्स, पिता प्रिंस विलियम, भाई दाई प्रिंस जार्ज र दिदि प्रिंसेस शैरलोट छन् । यद्यपी उनले आफनो काका प्रिंस ह्यारीलाई एक स्थान तल धकेल्दै छैठौ नम्बरमा पुर्याएका छन् ।
प्रधानमन्त्रि थेरेसा मे ले ट्वीट गर्दे दम्पतिलाई बधाई दिएका छन्। उनले भनेका छन् ‘म उनीहरुको खुशी भविष्यको कामना गर्दछु’ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा