सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख १० । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न संघर्षका क्रममा मुसलमान समुदायको उल्लेखनीय भूमिका रहेको बताएका छन् ।
नेकपा एमाले निकट मुस्लिम इतेहाद संगठनले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले मुसलमानका अधिकारलाई संरक्षण गरी राज्यको मूल धारमा ल्याउन सरकार प्रतिबद्ध छ भने ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद कलिला खातुनले सबै समुदायका परम्परासँग जोडिएका सार्वजनिक बिदा कटौती नगर्न सरकारलाई आग्रह गरे । यसैबीच संगठनको केन्द्रीय समितिको बैठक आजदेखि शुरु भएको छ ।
मंगलबारसम्म हुने उक्त बैठकमा मुसलमान समुदायका धार्मिक पर्व तथा संस्कृतिसँग सम्बन्धित बिदा तथा सो समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सहभागिताका अवस्थालगायत विषयमा छलफल गरिने छ ।
सरकारले हालै इद, बकर इद र मोहम्मद दिवसमा कटौती गरेको छ । केन्द्रीय कार्यसमितिमा ९१ सदस्य रहेको उक्त संगठनमा करीब २० हजार सदस्य रहेको बताइएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा