सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख ९ । अभिभावकविहीन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर) ले यस्ता बच्चाहरूको छात्रवृत्ति कोटाको चरम दुरुपयोग गरेको पाइएको छ ।
पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं निर्वाचन क्षेत्र १० बाट प्रदेशसभामा निर्वाचित सांसद पुकार महर्जनले आफ्नी छोरीलाई निस्शुल्क पढाइरहेका छन् ।
बाल संगठनको मुख्य कार्यालय रहेको नक्सालको १४ रोपनीभन्दा धेरै जग्गा भाडामा लिएबापत बृहस्पति शिक्षा सदनले संगठनका २० विद्यार्थी निस्शुल्क पढाइदिने सम्झौतामा हस्ताक्षर गरेको छ । संगठनले २०५८ जेठ ८ मा ३० वर्षका लागि वार्षिक ३० लाख रुपैयाँमा विद्यालयलाई जग्गा भाडामा दिएको थियो ।
संगठन र विद्यालयबीच भएको सम्झौताको १२।५ नम्बर बुँदामा जग्गा भाडामा दिएबापत संगठनको सिफारिसका आधारमा आर्थिक अवस्था कमजोर भएका, अनाथ, असहाय वा सुविधाबाट वञ्चित बालबालिकालाई डे बोर्डर्स छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ ।
यस्तो छात्रवृत्तिमा विद्यार्थीको बिहानको खाना, दिउँसोको खाजा, कापी, किताब, कलम, विद्यालय पोसाक र अन्य शैक्षिक सामग्री निस्शुल्क पाउँछन् । विद्यालयका अनुसार १ देखि १० कक्षासम्मको छात्रवृत्तिबापत विद्यालयको औसतमा ११ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ ।
सांसद महर्जनकी श्रीमती रमा व्यञ्जनकार संगठनको प्रशासन शाखामा निमित्त प्रमुखका रूपमा कार्यरत छिन् । स्रोतका अनुसार काठमाडौं १० को कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेको महर्जनकी कान्छी छोरीले कक्षा १ देखि नै बृहस्पतिमा छात्रवृत्ति कोटामा पढदै आएकी छन् । उनकी जेठी छोरीले समेत यही कोटामा बृहस्पतिबाटै एसईई दिइसकेकी छन् ।आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा